Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्वोच्च अदालतद्वारा गिरीबन्धु टी स्टेटको हकबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज

सर्वोच्च अदालतद्वारा गिरीबन्धु टी स्टेटको हकबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज


काठमाडौं,सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ भनी परेको निवेदनविरुद्ध सुनुवाइ गर्दै ओली सरकारको पालामा टी स्टेटलाई आवासीय प्रयोजनका लागि उपयोग गर्न पाउने निर्णय खारेज गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले बुधबार गरेको आदेशअनुसार अब टी स्टेट मासेर घर बनाउन पाइने छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया