Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रसाईंको आजको कार्यक्रममा पूर्वराजा सहभागी नहुने

प्रसाईंको आजको कार्यक्रममा पूर्वराजा सहभागी नहुने


काठमाडौँ । मंगलबार राजधानीको भृकुटीमण्डपमा दुर्गा प्रसाईंले कार्यक्रमको आयोजना गरेका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपाको सहभागिता नरहने भएको छ ।

दुई दिनअघि नै चितवन पुगेका पूर्वराजा शाह चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँगको भेटघाट र चितवनमा नै पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित भएको सचिवालयले जनाएको छ।

प्रसाईले फागुन १ मा कार्यक्रम गरेर राजतन्त्र फर्काउनका लागि आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् । प्रसाईले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर कार्यक्रममा सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए । प्रसाईंले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् भने मिटरब्याज र लघुवित्त पीडितको मुद्दा पनि बोकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया