Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहजुरबुवा र एघार वर्षीय नाति मृत फेला

हजुरबुवा र एघार वर्षीय नाति मृत फेला


नवलपरासी । हजुरबुवा र नाति पश्चिम नवलपरासीमा मंगलबार बिहान एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले मंगलबार बिहान करिब ६ बजेको समयमा नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेका छन् । मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ । नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार, पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया