Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भिम उपाध्याय सहित १५ जनाविद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भिम उपाध्याय सहित १५ जनाविद्ध मुद्दा दायर


काठमाडौं,सामाजिक संचालमा संक्रिय रहेर बिभिन्न बिषयमा सर्वविज्ञ बनेर स्टाटस र कमेन्ट गर्ने भाइरल पूर्वसचिव भीम उपाध्याय सहित १५ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । भ्रष्टाचार बिरुद्ध सामाजिक संञ्जालमा आवाज उठाउने भिम उपाध्य आफैँ अहिले अख्तियारको फन्दामा परेका छन् ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक रहेका छन् ।

सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया