Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा पुनर्कर्जासम्बन्धी कार्यविधि सार्वजनिक

राष्ट्र बैंकद्वारा पुनर्कर्जासम्बन्धी कार्यविधि सार्वजनिक


काठमाडौं, जेठ २०
नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ सार्वजनिक गरेको हो । कार्यविधि अनुसार पुनर्कर्जालाई तीन भागमा वर्गीकरण गरिएको छ । यसअन्तर्गत उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघुु घरेलुु तथा साना उद्यम पुनर्कर्जा मानिने कार्यविधिमा उल्लेख छ ।

बैंकले समय समयमा कुुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा भनिने राष्ट्र बैंकले जनाएको छ । यसअन्तर्गत भने निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेको उद्योम, व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रवाह गरिएका पुनर्कर्जाहरुलाई मानिने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार माथिका दुुई शीर्षकमा वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेका सबै पुनर्कर्जालाई भने साधारण पुनर्कर्जा मानिनेछ । कार्यविधिमा उल्लेख भएअनुसार लघुु घरेलुु तथा साना उद्यम पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले लिने ब्याजदर दुुई प्रतिशत र इजाजत प्राप्त संस्थाले ग्राहकहरुबाट लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ । यसैगरी विशेष पुनर्कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याजदर एक प्रतिशत र इजाजत प्राप्त बैंक तथा वित्तीय संंस्थाहरुले ग्राहकहरुबाट लिने ब्याजदर तीन प्रतिशत तोकिएको छ । साधारण पुनर्कर्जाको हकमा भने राष्ट्र बैंकले लिने ब्याजदर तीन प्रतिशत र इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकरुबाट लिने ब्याजदर पाँच प्रतिशत तोकिएको कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा उल्लेख भएअनुसार पुनर्कर्जा कोषको सीमा सञ्चालक समितीले समय समयमा निर्धारण गरे बमोजिम हुुने छ । यस्तो कोषलाई पुनर्कर्जाको जोखिम व्यर्होेने कोषको उपयोग गरिनेछ । बैंकले यस कोषमा रहेको रकमको अधिकतम पाँच गुँणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने गरी सीमा तोकिएको कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भए अनुसार पुनर्कर्जा प्रदान गर्नसकिने उपरोक्त सीमाभित्र रही बैंकले सो सीमाको ७० प्रतिशतसम्म एकमुुष्ठरुपमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीलाई, २० प्रतिशतसम्म ग्राहकअनुसार मुल्यांकन गरी वाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनीलाई र १० प्रतिशत ‘घ’ वर्गका लघुुवित्त वित्तीय संस्थाहरुलाई पुनर्कर्जा प्रदान गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतप्राप्त संस्थालाई एकमुष्ठ प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा १० करोड रुपैयाँ हुुनेछ । यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा रकमको ७० प्रतिशतभन्दा नहुने कार्यविधिमा भनिएको छ ।

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री : नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिती जेठ २० गते अर्थात आज मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ भदौ १६ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ साल जेठ १८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही जेठ ११ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया