Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुण्डागर्दीको छवी बनाएका कांग्रेस नेता गणेश लामाविरुद्ध अपहरण गरेको भन्दै किटानी जाहेरी

गुण्डागर्दीको छवी बनाएका कांग्रेस नेता गणेश लामाविरुद्ध अपहरण गरेको भन्दै किटानी जाहेरी


गुण्डागर्दीको पृष्टभूमिबाट राजनीतिमा प्रवेश गरेका सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामाले व्यापारिलाई अपहरण गरेको खुलासा भएको छ । उनले ई कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै उनी बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

लामासहितको गिरोहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टेलबाट अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरिमा र समाजिक संजालमा बताएका छन् । क्रिप्टोको कारोबार नेपालमा अबैध भएको र व्यावसायी खड्काले क्रिप्टोको कारोबार गरेर अर्बा रकम कमाएको हुनसक्ने आकलन गरेर उनलाई पैसाको प्रलोभनमा अपहरण गरेको बुझिएको छ ।

क्रिप्टोबाट कमाएको पैशा अबैध रहेको र गिरोहले अपरहण गरेपनि खड्का डरले प्रहरीमा खड्का जान नसक्ने अनुमान गरेर गुण्डाहरुको उनीहरुलाई अपहरण गरेको बुझिएको छ । खड्काले सामाजिक संजालमा लेखेको स्टाटसले पनि त्यही कुरालाई संकेत गरेको छ । यो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया