Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेना दिवसका अवसरमा तीन दिने विविध सैनिक प्रदर्शनी हुने

सेना दिवसका अवसरमा तीन दिने विविध सैनिक प्रदर्शनी हुने


महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले कैलालीको धनगढीमा महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्नेभएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थीलगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सेनाले इतिहासदेखि हालसम्मका सेनासम्बन्धी गतिविधि तथा हातहतियार, उपकरण, पोशाकलगायत विविध विषयवस्तु प्रदर्शनीमा रहने जनाएको छ ।

यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा युनिटी रनमा सहभागी हुनेहरुले नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । सेनाले कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने जनाएको छ । गत वर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया