पोखरामा सुनका गरगहना र नगद चोरी गर्ने ३ जना पक्राउ
पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ८ लाख रुपैयाँको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा ३ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं.३ घर भई पोखरा–२६ बस्ने विशन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी नगरपालिका ढोरफिर्दी घर भई पोखरा २६ बस्ने अर्जुन नेपाली छन् । उनले पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरस्थित सम्पदा टोलबाट सुनका गरगहना र नगद चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले फागुन १ गते पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट माईली तिलहरी १ थान, मंगलसूत्र २ थान, झुम्का २ थान, बेरुवा औंठी १ थान, जाली औंठी १ थान र नगद १ लाख १६ हजार रुपैयाँ बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेकाहरुबिरुद्ध चोरीसम्बन्धी मुद्धामा ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया