Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाँजासहित एम्बुलेन्स चालक पक्राउ

गाँजासहित एम्बुलेन्स चालक पक्राउ


धनकुटा । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा ५२ किलो गाँजा फेला परेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले ५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको जानकारी दिए । नोबेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका ३ मा बिरामी लिएर आएको उक्त एम्बुलेन्स झापास्थित हल्दिबारी सेवा समाजको नाममा रहेको अनुसन्धानको क्रममा प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया