Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक राजस्वद्वारा जेठ २५ गतेसम्म कर बुझाउन निर्देशन

आन्तरिक राजस्वद्वारा जेठ २५ गतेसम्म कर बुझाउन निर्देशन


काठमाडौँ, जेठ २१
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) महामारी फैलिएपश्चात् अन्य देशहरुले जस्तै नेपालले पनि चैत ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । विभिन्न चरणमा थप भएको उक्त लकडाउनको अवधि यही जेठ ३२ गतेसम्म तोकिएको छ । लकडाउनका कारण आम नागरिकको दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेको छ । उद्योग, व्यापार, कलकारखाना, पसल, सबै बन्द रहेका छन् । लकडाउनका कारण दैनिक जीवन निकै कष्टकर बन्दै गएपछि सानातिना व्यवसायीहरु व्यवसाय बन्द गरेर अहिले आ-आफ्नो थाँतथलो गएका छन् ।

सरकारबाट अहिलेसम्म कुुनै राहत सुविधा नपाएका आम नागरिकहरुको दैनिक जीवन निकै कष्टकर बनिरहेको अवस्थामा आन्तरिक राजस्व विभागले भने यही जेठ २५ गतेसम्म कर बुझाउन सार्वजनिक सूचना नै जारी गरेको छ । विभागद्वारा जारी गरिएको सूचनाअनुुसार मूल्यअभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७६ साल फागुुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर फागुनको चौमासिक कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ ।

यसैगरी अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुुपर्ने विवरण तथा ती विवरणबमोजिम अन्तःशुल्क दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ । आयकर ऐन २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरणबमोजिमको कर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ । आन्तरिक राजस्वका अनुसार आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने चालू आर्थिक वर्षको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने यही जेठ मसान्तसम्म तोकिएको छ ।

विभागले आर्थिक ऐन २०७६ को दफा ८ को उपदफा २ बमोजिम २०७६ फागुन र चैत महिनाको सेवाशुल्क दफा १४ को उपदफा २ बमोजिमको टेलिफोनको स्थायित्व शुल्क तथा दफा १५ को उपदफा ३ बमोजिमको दूर सञ्चार दस्तुर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया