Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौरीशंकरको ना-गाउँमा सौर्य विद्युत विस्तार,७२ घरधुरी लाभान्वित

गौरीशंकरको ना-गाउँमा सौर्य विद्युत विस्तार,७२ घरधुरी लाभान्वित


दोलखा,दोलखा जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका-९ को विकट ना-गाउँमा सौर्य उर्जा विस्तार गरिएको छ्।समुद्रीसतह देखि चार हजार दुई सय मिटर उचाईमा रहेको अतिविकट ना-गाउँमा पहिलो पटक सौर्य उर्जा मार्फत विद्युत विस्तार गरिएको छ् ।नेपाल सरकार उर्जा तथा जलस्रोत तथा सिंचाइ मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र,जिल्ला जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखा र गौरीशंकर गाउँपालिकाको अनुदान सहयोगमा ३० किलोवाट पिक सौर्य विद्युत विस्तार गर्ने काम सम्पन्न भएको सौर्य उर्जा विस्तार तथा निर्माण कम्पनी सनब्रीज सनस्टारका आयोजना निर्देशक कुमार बस्नेतले जानकारी दिए। निर्माण कम्पनी गत भदौमा सौर्य उर्जा विस्तारको लागि ३ करोड ४८ लाख ९९ हजारमा ठेक्का सम्झौतागरि काम सुरु गरेको थियो।

एक वर्षभित्र लाइन विस्तार गरिसक्ने जनाएको कम्पनीले ६ महिनामै सौर्य विद्युत जडानको काम सकेर गत माघ देखीनै लाइन विस्तार गरी ना का ७२ घरधुरी स्थानीयलाई बत्ति वितरण गरेको हो। निर्माण कम्पनी सनब्रीज सनस्टार जे.भिले अहिले सौर्य उर्जा विस्तार गरिएको ना-गाउँमा प्राविधिक टोलिलिएर अनुगमन गर्न पुगेको छ भने,उच्च लेकको नागाउँका स्थानीय वर्षौंदेखि टुकी बत्तिकै भरमा गुजारा चलाउँदै आएका थिए। लामोसमयको प्रतीक्षा पछि राज्यले सौर्य उर्जा विस्तार गरिदीएपछि स्थानीय खुसीहुँदै दङ्ग परेको बस्नेत बताए। यहाँ राष्ट्रिय प्रसारण लाई विस्तार गर्न सम्भव नभएकाले स्थानीय वडा तथा पालिकाले लामोसमय देखि सौर्य उर्जा विस्तारकै लागि पहल गर्दै आएको थियो।नेपाल सरकारले ९० प्रतिशात अनुदान सहयोग दिनेगरि गत वर्ष जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय र गौरीशंकर गाउँपालिकासंग समन्वय गरी १० प्रतिशत अनुदान अन्तर्गत २५ लाख जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाले लगानी गर्ने तथा स्थानीय गौरीशंकर गाउँपालिकाले ९ लाख ८९ हजार ९ सय लगानी गर्ने सहमति बनेपछि ३ करोड ४८ लाख ९९ हजारमा ठेक्का लगाई सौर्य विद्युत विस्तार गरिएको हो। पर्यटकीय क्षेत्रको रुपमा परिचित ना गाउँमा हिजोआज सौर्य विद्युतले झिलिमिले देखिएको छ।

सोलार बत्ति विस्तारले यहाँका स्थानीयलाइनमा मोवाईल चार्ज, टेलिभिजन हेर्न, पानी तताउन र इन्डक्सन चुल्हो जडान गरी खाना, खाजा पकाउन समेत सहज भएको स्थानीयले बताएका छन्। यस क्षेत्रमा सोलार बत्तीको सुविधा भएपछि च्छोरोल्पा हिमताल, दूधकुण्ड घुम्न आउने पर्यटकलाई मोवाईल र क्यामेराको व्याट्री चार्ज गर्नसमेत राहत मिलेको छ। निर्माण कम्पनीले घर घरमा सोलार बत्ती जडान गर्नुको साथै २० वटा स्ट्रिट लाईट समेत गाउँमा जडान गरिएको निर्देशक बस्नेतले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया