गाजामा राहत सामाग्री खसाल्दा सय भन्दा बढी मानिस मरेको घटनाको भिडिओमा के देखिन्छ?
काठमाडौं,गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएको बिहीवारको घटना कसरी भयो र त्यसमा को जिम्मेवार थियो भन्नेबारे फरक फरक दाबीहरू देखा परेका छन्।
बीबीसी भेरिफाइले यसबारे प्राप्त भएका महत्त्वपूर्ण सूचनाको अध्ययन गरेको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरू, स्याटलाइटबाट खिचिएका तस्बिरहरू र इजरेली सेनाले ड्रोनबाट खिचेका दृश्यहरूको विश्लेषण गर्दै उक्त घटनाबारे थाहा भएका र नभएका विषयहरू यहाँ समेटिएको छ।
राहतका लागि सयौँ मानिसहरू प्रतीक्षारत थिएफ्रेब्रुअरीको २८ को ११:३० बजे इन्स्टाग्राममा पोस्ट गरिएको यो भिडिओमा केही सयको सङ्ख्यामा रहेका मानिसहरू आगो ताप्दै मानवीय सहायताका सामग्री आउने प्रतीक्षामा बसिरहेको देखिन्छ।संयुक्त राष्ट्रसङ्घले यसअघिबाटै गाजामा करिब ३,००,००० मानिसहरू क्षेत्रमा भोकमरीको जोखिममा रहेको चेतावनी दिँदै आएको थियो। उनीहरू रहेको क्षेत्रमा पछिल्लो साता राहत सामग्री निकै कम पुगिरहेको थियो।भिडिओमा पछिल्लो समय राहत वितरण स्थलको रूपमा प्रयोग भएको गाजाको दक्षिण पश्चिमी तटीय अल-राशिद सडकमा मानिसहरू क्याम्प बनाएर बसिरहेको देखिन्छ।
हामीले मानिसहरू लरीका वरिपरि अन्नका बोराहरू लिन जम्मा भएको यो भिडिओ वास्तविक भएको यसअघि नै पुष्टि गरिसकेका छौँ। यो स्थानमा रहेका पत्रकार मोहम्मद अवादेयाले खानेकुराको खोजीमा यहाँ सयौँ मानिसहरू जम्मा भएर बसेको बीबीसीलाई बताएका छन्।
राहत ओसार्ने गाडीहरू क्याम्प क्षेत्रमा पुग्छन्
फेब्रुअरी २९ को बिहानको ४ बजे राहत ओसार्ने लरीहरू इजरेलको सेना रहेको स्थानबाट कटेर खाली बाटो हुँदै अल-राशिद सडकमा पुग्छन्।
इजरेल डिफेन्स फोर्स आईडीएफ अनुसार त्यसमा ३० वटा गाडीहरूको लस्कर थियो। तर कतिपय प्रत्यक्षदर्शीहरूले १८ वा त्यो भन्दा कम सङ्ख्यामा सामान ओसार्ने गाडीहरू रहेको बताएका छन्।
आईडीएफका प्रमुख प्रवक्ताका अनुसार बिहानको करिब ४:४५ बजे भीडले सामान ओसार्ने लरीहरूलाई घेरा हालेको बताएका छन्।
राहत ओसार्ने ट्रकमा मानिसहरूको घेरामाथिको तस्बिर आईडीएफले सार्वजनिक गरेको इन्फ्रारेड ड्रोन भिडिओबाट लिइएको हो। आईडीएफले खिचेको पूरा भिडिओ एउटै छैन। चार टुक्रामा सम्पादन गरिएको छ। जसमा दुई ठाउँको दृश्य छ र दुवै ठाउँ बीबीसी भेरिफाइले पत्ता लगाएको छ।
पहिलो दुई टुक्रा भिडिओमा देखाइएको दृश्यमा मानिसहरूले नाबुस्लीको सवारी साधनहरू चारैतर्फ घुमाउने मिल्ने चौकमा दुई वा त्यो भन्दा धेरै लरीहरूलाई घेरा हालेको देखिन्छ।बाँकी दुई टुक्रामा त्यहाँभन्दा ५०० मिटर दक्षिणको ठाउँ देखिएको छ। त्यहाँ पनि कम्तीमा चार वटा लरीलाई मानिसहरूले घेरा हालेको देखिन्छ।
रातो घेरा गाइएका बस्तुहरू आईडीएफका सैन्य सवारी साधनहरू भएको देख्न सकिन्छ। बीबीसी भेरिफाइले आईडीएफसँग पुरै भिडिओ माग गरेको छ।
गोली चलेको दृश्यहामीले अलजजिराले प्रसारण गरेको र चौकबाट करिब ५०० मिटर दक्षिणमा ट्रकहरूको नजिकैबाट खिचिएको एउटा भिडिओ दृश्य पनि हेरेका छौँ।
यसमा गोली चलेको आवाज सुन्न सकिन्छ र मानिसहरू गाडीको पछाडि छेलिएर बसेको देख्न सकिन्छ। आकाशमा गोलीका रातो धर्सा पनि देखिन्छन्।मोहम्मद अवादेयाले राहत सामग्री त्यस ठाउँमा पुगे लगत्तै इजरेली सेनाले गोली चलाउन सुरु गरेको बताए।
“पिठो ल्याएका ट्रक नजिक जान खोजिरहेका मानिसहरू माथि इजरेली सेनाले जानाजान गोली चलाएको थियो,” उनले भने।
“उनीहरूलाई सिधै गोली हानियो र मारिएका मानिसहरूको छेउछाउ अरूलाई आउन पनि दिइएन।”
घटनापछिको अवस्थाहामीले गोली चलेको ठाउँमा अन्य भिडिओहरू र मानिसहरूले ठेलामा राखेर नाबुस्ली चोकतर्फ शवहरू लैजाँदै गरेको दृश्य पनि पुष्टि गरेका छौँ।
घटनामा कैयौँको ज्यान गएको र शवहरूलाई अस्पताल लगिएको विवरण आएका छन्।
घटनामा घाइते भएका र मृत्यु भएका कैयौँलाई पुर्याइएको एक अस्थायी अस्पतालका व्यवस्थापक मोहम्मद सल्हाले बीबीसीसँग भने, “अल-औदा अस्पतालमा करिब १७६ जना घाइते ल्याइएका मध्ये १४२ जना गोली लागेका घाइते थिए भने बाँकी भागदौडका कारण हातखुट्टा भाँचिएका घाइतेहरू थिए।”
इजरेको प्रतिक्रियाबिहीवार दिउँसो १:०६ मा आईडीएफले टेलिग्राममा पोस्ट गरेको एउटा विज्ञप्तिमा उत्तरी गाजा स्ट्रिपमा “एकाबिहानै मानिसहरूले ट्रकहरूलाई घेरा हालेर राहत सामग्री लुटपाट गरेको” दाबी गरिएको छ।
“घटनामा ठेलाठेल र धकेलाधकेलका कारण दर्जनौँ गाजाबासीहरू घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ।
यूकेको च्यानल फोर न्यूजसँग कुरा गर्दै आईडीएफका एक जना अधिकारीले मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई भीडले रोकेको बताएका छन्।
“मानिसहरूले एक अर्कालाई ठेलाठेल र कुल्चिएको देखिएपछि त्यहाँ रहेका सैन्य ट्याङ्कहरूले उनीहरूलाई तितरबितर बनाउन चेतावनीका लागि केही गोली चलाएका थिए,” सैन्य अधिकारी पिटर लर्नरले भनेका छन्।आईडीएफका वरिष्ठ प्रवक्ता ड्यानिएल हाङ्गारीले यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक भिडिओ वक्तव्यमा “सयौँबाट मानिसहरू हजारौँ भएको र स्थिति नियन्त्रण बाहिर गएको” बताएका छन्।
उनले सर्वसाधारणलाई क्षति पुग्न नदिन ट्याङ्कका कमाण्डरहरूले उनीहरूलाई पछाडि फर्काउन खोजेको तर भीडमाथि गोली नचलाएको दाबी गरेका छन्।
सीएनएनसँगको अन्तर्वार्तामा इजरेली प्रधानमन्त्रीका एक जना सल्लाहकारले यो घटनामा कुनै पनि तरिकाबाट इजरेल संलग्न नभएको दाबी गरेका छन्।
उनले इजरेली सेनाले लरी सँग सम्बन्धित घटनामा गोली नचलाएको दाबी गरे पनि त्यसबारे थप विस्तृत विवरण दिएनन्।
विश्वभरिबाट यो घटनाबारे छानबिनको माग भइरहेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि घटनाको भर्त्सना गर्दै करिब पाँच लाख गाजाबासीहरू खानेकुराको अभावमा रहेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन्।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया