Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुन्छ : पौडेल

नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुन्छ : पौडेल


जनकपुरधाम । जनकपुरधाम विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए । उनले भने, “एमालेले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अथर्गतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्” ।

सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताए । पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया