मनाङको ढुकुरपोखरीमा हिमपहिरो जाँदा आवतजावतमा समस्या
मनाङ । मनाङको ङिस्याङ–१ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावत गर्न जोखिम बढेको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको जानकारी दिए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको भन्दै उनले हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको बताए ।
प्रजिअ लामिछानेले हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन अनुरोध गरेका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन गर्न पर्यटकहरु आइरहेको बताउँदै उनले आवतजावतमा जोखिम बढ्दा पर्यटकहरुलाई समस्या भएको बताए ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ ।पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको जानकारी दिए । भारी हिमपातसँगै आएको हिमपहिराले बाटो नै नछेकिए पनि जोखिम बढाएको बताउँदै उनले सचेत भएर उक्त क्षेत्र पार गर्न सबैलाई आग्रह पनि गरेका छन्
समय सकिनलाग्दा आएको भारी हिमपात किसानलाई उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको बताए । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द नभएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया