Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिसमक्ष शीतलनिवासमा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा सपथ

राष्ट्रपतिसमक्ष शीतलनिवासमा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा सपथ


काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको हो ।

राष्ट्रपति पौडेलले आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनीहरुलाई सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यसअघि उनी विस २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया