Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री प्रचण्ड, अध्यक्षद्वय ओली र नेपालबीच छलफल

प्रधानमन्त्री प्रचण्ड, अध्यक्षद्वय ओली र नेपालबीच छलफल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

सो छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिती, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए । गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेको प्रधामनन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी गराए ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच यही फागुन २१ गते नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । सत्तागठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया