Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् : सांसद यादव

सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् : सांसद यादव


काठमाडौँ । नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गरे ।

सांसद यादवले अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उनले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गरे । उनले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसदको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औंल्याए ।

सांसद यादवले पार्टीकातर्फबाट विश्वासको मतमा समर्थन जनाउदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया