Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग

प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारसँग जवाफ माग गरेको छ ।

कांग्रेसका सांसदहरु बिहीबारको बैठक प्रारम्भ हुनासाथ आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा सांसद पाण्डेले असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे ।

सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सांसद पाण्डेले सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया