Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन-चाँदी दुबैको मूल्य वृद्धि

सुन-चाँदी दुबैको मूल्य वृद्धि


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुन चाँदी दुवैको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो भने बिहीबार छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर रु. एक लाख २५ हजार आठ सय कायम भएको छ ।

महासङ्घले चाँदीको मुल्य पनि प्रतितोला रु. ५० ले वृद्धि भई एक हजार पाँच सय १५ मा कारोबार भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया