Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारी पिडीत सडकमा

सहकारी पिडीत सडकमा


काठमाडौं,बचतकर्ताहरुको अबौंँ रकम हिनामिना गरेका सहकारीका संचालकले बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारी पिडीतहरु सडकमा निस्किएका छन् ।

ललितपुरका बिभिन्न स्थानमा खुलेका केहि सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । सहकारी ठगहरुलाई सरकारले कानूनी दायरामा लिएर कारबाही गर्नुपर्ने उनीहरुले माग राखेका छन् । आफ्नो रकम फिर्ता गराईदिन उनीहरुले सरकार समक्ष माग राख्दै आन्दोलन गरिरहेका छन् ।

ललितपुरका बिभिन्न ठाउँहरुबाट झण्डै दुई हजारको संख्यामा आएका पिडीतहरु ललितपुरको कुपण्डोल हुँदै काठमाडौं तिर प्रवेश गरेका छन् । बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी संस्थाहरु र तिनका संञ्चालक बिरुद्ध ब्यानर नै बनाएर आन्दोलन गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया