यो गठबन्धन बीचमा टुट्दैन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली
तुलसीपुर (दाङ) । प्रेस चौतारी नेपाल दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् ।
देशको आवश्यकतानुसार यो मोर्चा बनेको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने बताए । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ । उनले यो गठबन्धन बीचमा नटुट्ने भन्दै कांग्रेसलाई ढुक्कसँग प्रतिपक्षमा बस्न आग्रह गरेका छन् ।
उपाध्यक्ष ज्ञवालीका अनुसार अब मुलुकमा दुई पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उनले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिकरूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राज्यकोषमा करोडौं भार थपिने गरी बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राखिँदै
- द्वन्द्वग्रस्त मुलुकमा जान १६ सयबढीलाई सरकारले दियो श्रम स्वीकृति
- तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया