Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा जानेहरुलाई नि:शुल्क तालिम दिनुपर्छ

वैदेशिक रोजगारीमा जानेहरुलाई नि:शुल्क तालिम दिनुपर्छ


काठमाडौं । प्रतिनिधि सभा बैठकमा शुक्रबार बोल्दै नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई निःशुल्क रुपमा ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् ।

उनले वैदेशिक रोजगारीमा जाने कामदारले चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए । उनले कामदारहरु स्वास्थ्य जाँचमा ठगिएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया