पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष झा
सिरहा । पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताएका छन् । जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन गर्दै उनले पत्रकारिताबिना लोकतन्त्र अगाडि बढ्न नसक्ने बताए ।
अध्यक्ष झाले बदलिँदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पत्रकारले आचारसंहिताको पालनामा ध्यान दिनुपर्नेमा जोड दिए । “पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले यसको विकासमा सबैको पहलकदमी जरुरी छ”, उनले भने ।
कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताए । सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिन उनले आग्रह गरे। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगायतको उपस्थिति थियो ।
उक्त तालिमका सहभागीलाई पत्रकार भरत जर्घामगर, वीरेन्द्र शर्मा, मोहन भण्डारीलगायतले प्रशिक्षण दिनेछन् । सिरहा विकास मञ्च र नेपाल प्रेस इन्टिच्यूट बरियारपट्टीको संयुक्त आयोजनमा आयोजित उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया