उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबीच छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच सोमबार मन्त्रालयमा छलफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्वव्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योगमन्त्री भण्डारीले राससलाई बताए ।
“हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार ९ट्रिप्स० सम्झौताको धारा ६६।२ र लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ लिने सम्बन्धमा अमेरिकी सरकारबाट निरन्तर सहयोगको अपेक्षा राखेका छौँ”, उनले भने ।
यस क्षेत्रमा रहेका सम्भावना र अवसरबाट लाभ लिन नेपालले बौद्धिक सम्पत्ति नीति बनाएको तथा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन प्रतिस्थापन गरी औद्योगिक सम्पत्ति कानून निर्माणमा लागिरहेको उनको भनाइ छ ।
“औद्योगिक सम्पत्तिको सिर्जना र उपयोगका क्षेत्रमा युएसपिटीओको अनुभव, असल अभ्यास र सहकार्यबाट नेपालले पेटेन्ट, डिजाइन, ट्रेडमार्कलगायत औद्योगिक सम्पत्तिको सिर्जना, विकास, संरक्षण र प्रवर्द्धनमा लाभ लिनसक्ने मैले विश्वास लिएको छु”, उद्योगमन्त्री भण्डारीले भने, “यो सहकार्यसम्बन्धी सम्झौताले नेपालको बौद्धिक सम्पत्ति संरक्षण कार्यालय र त्यहाँ कार्यरत जनशक्तिको सीप तथा क्षमता अभिवृद्धि भई व्यापार तथा लगानीको वातावरण निर्माणमा थप इँटा थप्ने कुरामा म विश्वस्त रहेको छु ।”
अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न पनि मन्त्री भण्डारीले आह्वान गरे । सो अवसरमा भिडेलले नेपाल सरकारसित सहकार्य गर्न युएसपिटीओ तयार रहेको बताए । साथै उनले नेपालमा लगानी बढाउने कुरामा अमेरिका सरकार सकारात्मक रहेको धारणा राखे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया