Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा काहुँ डाँडाको भीषण आगलागी ‘नियन्त्रणमा’

पोखरा काहुँ डाँडाको भीषण आगलागी ‘नियन्त्रणमा’


काठमाडौं,पोखरा बजारदेखि पूर्वतर्फ रहेको काहुँ डाँडामा सोमवार राती लागेको भीषण आगलागी नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ।

सोमवार साँझ करिब साढे आठ बजेदेखि सल्किएको डढेलोले तुरुन्तै भीषण रूप लिएको थियो।कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जंगलबाट सल्किएको आगो नियन्त्रणमा आएको बताए।

उनले भने: “अझै पनि केही स्थानमा आगो बलिरहेको छ। तर बस्तीमा आगो आउने जोखिम भने टरेको छ।”आगलागीबाट बस्तीमा भने कुनै क्षति नपुगेको उनको भनाई छ।आगो नियन्त्रणमा लिन दमकल सेवाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीहरू जुटेका थिए।

सोमवार के भयो?जङ्गलमा बलिरहेको आगो बस्तीमा सल्कन सक्ने जोखिमलाई ध्यानमा राखेर दमकल सहितको टोली आगलागीस्थल नजिकै खटिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमवार बताएका थिए।

पोखराको मणिपाल अस्पताल र काहुँडाँडामा दमकल तयारी अवस्थामा राखिए पनि आगलागी भएको स्थानसम्म दमकल पुग्न सक्ने अवस्था नरहेको बताइएको थियो।

तर बस्तीनजिकै आलो देखापरेपछि अवस्था चिन्ताजनक बनेको थियो।बस्तीमा आगो आउन नदिन अग्निरेखा बताएका कारण आगोबस्तीसम्म आउन नसकेको डीएसपी विक बताउँछन्।

मणिपाल अस्पताल नजिकै रहेको काहुँ डाँडामा मात्र नभएर पोखरा उपत्यकाका वरपर रहेका अन्य डाँडाका थप आठ स्थानमा पनि सोमवार डढेलो देखापरेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका थिए।

डढेलो लागेको स्थान नजिकै बस्ती रहेकाले स्थानीय बासिन्दालाई सतर्क गराइएको बताइएको छ।अन्य ठाउँमा पनि आगलागी भइरहेको छ। तर ती आगलागी बस्तीबाट टाढा छन्।

काहुँ डाँडाको आगो भने बस्ती र अस्पताल नजिकै आएको छ।पोखरा ११ फुलबारीमा आगलागीका कारण फैलिएको धुवाँले सास फेर्न असहज महसुस भएको फुलबारी, पोखरा की सुजाता बाँस्तोलाले बताएकी छन्।नजिकै मणिपाल अस्पताल भएकाले बिरामीलाई पनि अफ्टेरो पर्न सक्ने चिन्ता प्रकट भएको छ।

गाउँले र प्रहरीले अग्निरेखा बनाइसकेकाले बस्तीमा आगो आउने समस्या टरेको हुनसक्ने प्रहरीले ठानेको छ।पर्यटकीय स्थलका रूपमा रहेको काहुँ डाँडामा पछिल्ला बर्षमा बस्ती बाक्लो बन्दै गएको छ।हिउँदे वर्षा हुन नसकेका कारण डाँडाकाँडा सुक्खा भएकाले आगलागीको प्रकोप यस वर्ष अन्यका तुलनामा झन् बढी हुन सक्ने ठानिएको छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया