Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त


काठमाडौं,नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । आचार्यले महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्त गरेको हो ।बर्खास्तीमा परे पनि भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंकले जनाएको छ ।

गएको पुस २७ गते केन्द्रीय बैंकले नगरकोटमा आयोजना गरेको कार्यक्रममा आचार्यले वरिष्ठ महिला कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । त्यसपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो ।छानबिनमा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि बैंकले सेवाबाट हटाएको हो ।

यो पनि पढ्नुहोस्

गभर्नर सहभागी कार्यक्रममा राष्ट्र बैंककै महिला अधिकारीमाथि निर्लज्ज आक्रमण !


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया