अर्थमन्त्रालयमा अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अर्थमन्त्री वर्षमान पुनबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री पुनको सचिवालयले मंगलबार अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाएको छ ।
भेटमा चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै अर्थमन्त्री पुनले लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि व्यक्त गरे । पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गरे ।
अर्थमन्त्री पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुनसक्ने बताए । नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको पनि अर्थमन्त्री पुनले बताए ।
चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे । जिलोङ–केरुङ–रसुवागढी–चिलिमे दुई सय २० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण पनि तत्काल अघि बढाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा ‘क्रस हिमालय रेलवे’ परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएकामा चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे अर्थमन्त्री पुनले चासो व्यक्त गरे ।
नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । “रेल मार्ग नेपालीको सपना हो । यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ र चिनियाँ पक्षबाट छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ,” अर्थमन्त्री पुनले भने । केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण जारी छ ।
तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा अर्थमन्त्री पुनले चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरे । चीनसँगका अरू नाका खोल्नका लागि पनि चिनियाँ पक्षसँग उनले आग्रह गरे । टोखा–छहरे सुरुङमार्ग निर्माणलाई नेपालले प्राथमिकतामा राखेकाले उक्त आयोजनाको सम्भाव्यता अध्ययनको काम चाँडो सकिने विश्वास पनि उनले व्यक्त गरे ।
आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि चिनियाँ लगानीकर्तालाई निमन्त्रणा गरिसकिएको जानकारी दिदै अर्थमन्त्री पुनले उक्त सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनमार्फत आग्रह गरे । भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न पनि उनले आग्रह गरे ।
राजदूत छनले नेपाल र चीनबीच लामो मित्रता तथा सहकार्य रहेको उल्लेख गर्दैे चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए । उनले आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राजदूत छनले चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । उनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया