कोशीटप्पुमा भाले गैँडा स्थानान्तरण गरिने
भरतपुर (चितवन) । कोशीटप्पु वन्यजन्तु आरक्षमा चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा स्थानान्तरण गरिने भएको छ । कोशीटप्पुमा यहाँबाट दोस्रो पटक गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
यसअघि पुष्पा र अञ्जली नाम राखिएका दुई पोथी गैँडालाई गत असोज ९ गते कोशीमा स्थानान्तरण गरिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।
यसअघि स्थानान्तरण गरिएका पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको उनले बताए । चैतभित्र गैँडा स्थानान्तरण गर्न निकुञ्जभित्र आन्तरिक स्थानान्तरण भइरहेका बेला कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको उनले बताए ।
“भाले गैँडा लगेपछि कोशीटप्पुमा प्रजनन प्रक्रिया सुरु हुन्छ”, उनले भने, “जतिसक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्नेगरी तयारी गरिरहेका छौँ ।”
पुष्पालाई दुई र अञ्जलीलाई एक महिनाको उमेरमा आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा उद्धार गरि दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो । हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ । पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् ।
हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ । अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण चलिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले निकुञ्जको पश्चिम क्षेत्रका गैँडा पूर्वतर्फ सारिँदै गरेको बताए । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ वटा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया