दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ
नयाँ दिल्ली, भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । मदिरा घोटाला प्रकरणमा ईडीले मुख्यमन्त्री केजरीवाललाई बिहीबार साँझ पक्राउ गरेको हो । दिल्ली सरकारका स्वास्थ्य पर्यटन तथा सहरी विकास मन्त्री आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनीमाथि कथित मदिरा मामिलामा करिब एक सय करोड भारतीय रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेकोे छ ।
लोकसभाको चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुमा विपक्षी दलका नेताहरुले राजनीतिक हिसाबले अर्थपूर्ण रहेको बताएका छन् । विपक्षी नेताहरुले यस घटनालाई सत्तारुढ दल भाजपाको षड्यन्त्र भएको आरोप लगाएका छन् ।
केजरीवाललाई पक्राउ गर्नुअघि करिब दुई घण्टा सोधपुछ गरिएको थियो । केजरीवाललाई शुक्रबार अदालतमा पेस गरिँदै छ ।दिल्लीको मदिरा घोटालाले केजरीवाल सरकारको चमक धमिलो बनाएको थियो । यो मामिलामा मनिस सिसोदिया, सञ्जय सिंहलगायत नेताहरु जेल परिसकेका छन् । सन् २०१३मा कांग्रेसलाई हराएर केजरीवाल पहिलोपटक सत्तामा पुगेका थिए । यस मामलामा कुनै पनि बेला गिराफ्तारीमा पर्ने डरले केजरीवालले दिल्ली हाईकोर्ट गएका थिए । तर, ईडीको प्रमाण हेरेपछि अदालतले उनलाई राहत दिएन । केजरीवालको उदय भ्रष्टाचारविरुद्धको लडाइँबाट भएको थियो । जनलोकपालको माग गर्दै सामाजिक कार्यकर्ता अन्ना हजारेसँग मिलेर ठूलो आन्दोलन सुरु गरेका केजरीवाल अहिले अफैँ भ्रष्टाचारको आरोपमा परेका छन् ।
केजरीवाल पक्राउ परेपछि कांग्रेस आइका नेता राहुल गान्धीले डराएको तानाशाहले मृत लोकतन्त्र बनाउन चाहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘सबै निकाय कब्जा गर्ने, पार्टी फुटाउने, कम्पनीबाट पैसा उठाउने, प्रमुख प्रतिपक्षी दलको खाता रोक्का राख्ने र निर्वाचित मुख्यमन्त्रीको गिराफ्तारी गर्ने काम भएको छ, भारतले यसको उचित जवाफ दिनेछ ।’ कर विवरण दाखिल गर्न ढिला गरेको भन्दै सरकारले गएको फेब्रुअरी महिनामा कांग्रेस पार्टीका बैंक खाताहरु रोक्का गरिदिएको थियो । यसबाट कांग्रेसलाई निर्वाचनमा प्रचारप्रसारका लागि पैसा नभएको नेता गान्धीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया