बजारमा सस्तो दरमै आईसी र आरएमबी छ्यापछ्याप्ती !
काठमाडौं । अकस्मात सत्ता गठबन्धन परिवर्तन भएपछि नेपाली बजारमा सस्तो दरमा भारतीय रुपैयाँ र चिनियाँ मुद्रा आरएमबी छ्यापछ्याप्ती पाइन थालेको छ ।
भारतीय मुद्राको नेपाली बजारमा स्थिर विनिमय दर छ । सोअनुसार एक सय रुपैयाँ भारु खरिद गर्नको लागि नेपाली रुपैयाँ एक सय ६० रुपैयाँ तिर्नुपर्छ । भारतीय रिजर्ब बैंक र नेपाल राष्ट्र बैंकबीच एक सय भारतीय रुपैयाँ एक सय ६० नेपाली रुपैयाँमा साटिने गरी स्थिर विनिमय दर तोकिएको छ । तर, केही समयअघिसम्म भारतीय सीमा क्षेत्रमा एक रुपैयाँ ५५ पैसासम्ममा हुने गरेको कारोबार सत्ता गठबन्धन परिवर्तनपछि एक्कासि त्यो दर एक रुपैयाँ ५० पैसामा झरेको छ र काठमाडौंमा डेढ सय रुपैयाँमा कारोबार हुनेगरेको पाइएको छ भने शुक्रबारको लागि चिनियाँ युआन आरएबीको मूल्य १८ रुपैयाँ ५३ पैसा तोकिएको छ । तर, बजारमा एक चिनियाँ युआन नेपाली बजारमा १८ रुपैयाँ ५० पैसासम्ममा पाइएको छ ।
काठमाडौंमा मात्र सस्तो मूल्यमा चिनियाँ युआन पाइएको होइन । भारतीय सीमा क्षेत्र जोडिएको भद्रपुर, विराटनगरलगायतका सहरमा पनि वालछ्याल मात्रामा चिनियाँ युआन सजिलै पाइने गरेको छ । नेपाल राष्ट्र बैंकले यही चैत १० गतेका लागि चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा तोकेको छ भने बिक्रीदर १८ रुपैयाँ ५१ पैसा तोकेको छ ।
यसैगरी चैत ११ गते (आज) आइतबारको लागि पनि राष्ट्र बैंकले चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा तोकेको छ भने बिक्री दर १८ रुपैयाँ ५१ पैसा तोकेको छ । तर, बैंकले यस्तो मुद्रा सटही गर्दा उक्त बिक्री मूल्यमा केही प्रतिशत नाफा समेत राखेर बिक्री गर्ने हुँदा प्रतियुआन चिनियाँ मुद्राको बजारमूल्य फरक–फरक पर्ने हुन्छ ।
तर, अहिले मनी चेन्जर कम्पनीहरूले भने राष्ट्र बैंकले तोकेको खरिद मूल्य र बिक्री मूल्यभन्दा पनि निकै नै कम मूल्यमा भारतीय र चिनियाँ युआनको कारोबार गरिरहेका छन् । नयाँ गठबन्धनको सरकार बन्नुअघि नेपाली बजारमा यस्तो समस्या थिएन । तर, गठबन्धन फेरबदल भई सरकार गठन भएलगत्तै बजारमा चिनियाँ र भारतीय मुद्राको आपूर्ति बढिरहेको छ । यही आपूर्ति बढेकै कारण यी दुई मुद्रा नेपाली बजारमा सस्तो मूल्यमा कारोबार भएको पाइएको हो ।
वास्तवमा नेपाली बजारमा किन र कसरी भारतीय र चिनियाँ मुद्राको आपूर्ति बढिरहेको छ । के कारणले मुद्रा बजारको माग र आपूर्ति श्रृङ्खला बदलिएको हो ? नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले यसको बारेमा गम्भीर भई सोच्नुपर्ने बेला आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
- बैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध
- महालक्ष्मी विकास बैंकको तीन महिनाको नाफा नौ करोड
- सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड
- ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड ११ लाख
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया