पोखरा एयरपोर्ट निर्माणको घोटाला ओझेलमा पार्ने प्रयास
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा गरेको अनियमिततामाथिको छानबिनलाई अख्तियार दुुरूपयोग अनुसन्धान आयोगले तीव्रता दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ध्यान अन्यत्र मोड्न शक्तिको प्रयोग गरिरहेका छन् ।
नेकपा एमाले निकट इन्जिनियर संगठनको नेतृत्व गरिसकेका अधिकारी पद पाउनको लागि एमाले विभाजनपछि बनेको सत्तासाझेदार एकीकृत समाजवादीको पछि लागेका थिए । ४०÷४० को संवैधानिक प्रावधानलाई अध्यादेशद्वारा घटाएर नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०÷२० को व्यवस्था गरेर एमाले फुटाउन बल प्रदान गरेका थिए र पूर्वएमाले नेता माधवकुमार नेपालले एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गरेर सत्तारुढ गठबन्धनमा सहभागी भएका थिए । पर्यटन मन्त्रालय लिएपछि अधिकारी प्राधिकरणमा नियुक्ति खानकै लागि एकीकृत समाजवादीतर्फ लागेका थिए । कांग्रेस, माओवादी एकीकृत समाजवादीको गठबन्धन तलमाथि नपर्ने र पुरानो भातृ संगठन एमाले सत्ता शक्तिमा आउन नपाउने उनको विश्लेषण अहिले असत्य साबित भएको छ । अहिले माओवादी र एकीकृत समाजवादी फेरि एमालेको शरणमा पुगेका छन् । एमालेको समर्थन एवं संरक्षणमा सरकार चल्नुपर्दा अहिले त्यसको गम्भीर मार खेप्नुपर्नेमध्येका एक प्रमुख पात्र बनेका अधिकारी पछिल्लो पटक केपी ओलीद्वारा नियुक्त अख्तियार नेतृत्वबाट अनुसन्धानमा तानिएका छन् । त्यसबाट अत्तालिएका महानिर्देशक अधिकारी झिना मसिना कुरातर्फ अरुको ध्यान मोडेर सम्भावित कारबाहीको दर्द मेटाउने प्रयास गरिरहेका छन् ।
अहिले महानिर्देशक अधिकारीले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रलाई दिँदा पोलिटिकल फन्डको पोको दिलाउने आश्वासनको पोको सत्ताधारीहरूलाई बाँडिरहेका छन् र आफूमाथि लागेको भ्रष्टाचारको सम्भावित कारबाहीलाई अलमल्याउने प्रयास गरिरहेका छन् ।
यो सँगसँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको अनियमिततामाथि पनि अख्तियारले छानबिन गरिरहेको बुझिएकोे छ । गौतमबुद्ध विमानस्थल एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको थियो र त्यसका प्रोजेक्ट म्यानेजर पनि अधिकारी नै थिए ।
एमाले सत्ताको आडमा पोखरा र भैरहवा एयरपोर्ट निर्माणमा अधिकारीले अर्बौँ रूपैयाँ घोटाला गरेका थिए । चिनियाँ ऋणमा चिनियाँ ठेकेदारले नै निर्माण गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल झण्डै २६ अर्ब रूपैयाँमा निर्माण भएको हो । तर, चिनियाँहरूले चीनको गान्सु प्रान्तमा सात अर्ब रूपैयाँ लगानीमा त्यस्तै चुवान एयरपोर्ट निर्माण गरेका छन् । त्यसअर्थमा पोखरा विमानस्थल निर्माणमा कति घोटाला भएको छ भन्ने अनुमान गर्न त्यति गाह्रो छैन । अमेरिकाबाट प्रकाशित विश्वविख्यात अखबार न्युयोर्क टाइम्सले सन् २०२३ अक्टोबर १६ मा पोखरा एयरपोर्टमा चिनियाँ ठेकेदारसँग मिलेर प्रोजेक्ट म्यानेजर प्रदीप अधिकारीले गरेको भ्रष्टाचारको विषयलाई प्रमुखताका साथ समाचार बनाएको थियो । न्युयोर्क टाइम्सको उक्त समाचारमा भनिएको थियो, ‘नेपालले सन् १९७० को दशकको अन्त्यदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रयास गरिसकेको थियो, आशा छ कि यसले सहरलाई विश्वव्यापी पर्यटन गन्तव्यमा पुर्याउनेछ तर यो परियोजना दशकौँसम्म अवरुद्ध भएको थियो र राजनीतिक उथलपुथल, नोकरशाही र पैसाको समस्यामा परेको थियो, जबसम्म चीनले प्रवेश गरेन ।’
एयरपोर्ट अमेरिकी आधिपत्यको विकल्पको रूपमा आफ्नो प्रभावको क्षेत्र स्थापना गर्न चीनको महत्वाकांक्षाहरूको एक हिस्सा भएको न्युयोर्क टाइम्समा उल्लेख छ । चीनका लागि थोरै विकासोन्मुख देशहरूले नेपालको भू–राजनीतिक आकर्षण प्रस्ताव गरे, जुन दक्षिणमा यसको छिमेकी हो र भारतसँग नजिकको सम्बन्ध रहेको छ जुन क्षेत्रीय प्रभुत्वको उदीयमान प्रतिद्वन्द्वी हो । ‘एयरपोर्टको निर्माणपछि, बेइजिले घोषणा गर्न सुरू गर्यो कि यो बेल्ट र रोड इनिसिएटिभको हिस्सा हो, राष्ट्रपति सी जिनपिङको हस्ताक्षर पूर्वाधार अभियान, जसले विश्वव्यापीरूपमा अनुमानित ४१ ट्रिलियन ऋण र अनुदान निकालेको छ । नेपालले चुपचाप अस्वीकार गरेको यो कार्यले एयरपोर्टलाई चीन र भारतबीचको कूटनीतिक संघर्षको बीचमा पुर्याएको छ’, न्यूयोर्क टाइम्समा उल्लेख छ ।
नेपालमा पोखरा विमानस्थल बनाउको लागि चीन सीएएमसी इन्जिनियरिङ एसोसिएसनको एक सरकारी स्वामित्वको समूह, सिनोम, आयात गरिएको निर्माण सामग्री र चीनबाट पृथ्वी–गतिशील मेसिनरीको निर्माण शाखा, चिनियाँ डिजाइनमा निर्मित एयरपोर्ट चीनमा बनेको सुरक्षा र औद्योगिक प्रविधिले भरिएको छ । नेपालका लागि चीनका राजदूत चेन सान्गले भने, ‘यो चिनियाँ इन्जिनियरिङको गुणस्तर हो ।’ तर, न्यूयोर्क टाइम्सले गरेको अनुसन्धानले एयरपोर्टको निर्माणमा संलग्न छ जना व्यक्तिको अन्तर्वार्ता र हजारौँ पृष्ठका कागजातहरूको परीक्षणको आधारमा पत्ता लगायो कि चीन सीएएमसी इन्जिनियरिले नाफा अधिकतम बनाउन र आफ्नो हितको रक्षा गर्न बारम्बार व्यापार सर्तहरू तोकेको थियो । यसको प्रभावमा परेर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले अर्बौँ रूपैयाँ भ्रष्टाचार गरेको देखिएको छ । यसरी भ्रष्टाचारको व्यहोरासहितको समाचार न्युर्योक टाइम्सले बनाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि कारबाहीका लागि थप दबाब परेको हो र अनुसन्धान अगाडि बढाएको हो । अख्तियारले अधिकारीले गरेको भ्रष्टाचारमाथि अनुसन्धान थालेपछि उनले निरन्तर ग्राउन्ड ह्यान्डलिङको मुद्दा उठाएर आफ्नो कर्तुतमाथि छानबिनको क्रममा हुने प्रचारको ‘इन्स्यु डाइभर्ट’ गर्ने प्रयास गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया