Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज तराई मधेस क्षेत्रमा होली मनाइँदै

आज तराई मधेस क्षेत्रमा होली मनाइँदै


मध्यविन्दु (नवलपरासी) । तराई मधेसमा होली पर्व सोमबार हर्षोल्लासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व मनाउन सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि सोमबार होली पर्व मनाइँदै छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।

पण्डित बुद्धिसागर भण्डारीले सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको बताए । “असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया