महालेखापरीक्षक बन्न शक्तिकेन्द्र रिझाउने प्रयास
भरतपुर महानगरको बेरुजु मिलाउने आश्वासन
काठमाडौं । सार्वजनिक नियकाहरूको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय १० महिनापहिले अर्थात् गत जेठ ७ गतेदेखि नेतृत्वविहीन छ । ६ वर्षे कार्यकाल सकिएर टंकमणि शर्मा दंगाल महालेखापरीक्षकबाट अवकाश भएपछि उक्त पदमा अझै नियुक्ति हुन सकेको छैन । महालेखापरीक्षकका लागि १६ जनाले आवेदन पनि दिइसकेका छन् । आवेदन परेर प्रक्रिया पूरा भए पनि संवैधानिक परिषद्ले निर्णय नगर्दा महालेखापरीक्षकको पद कार्यबाहकबाट चलिरहेको छ ।
महालेखापरीक्षक नियुक्तिको विषयमा सोमबार निर्णय हुने अपेक्षा गरिए पनि सभामुख देवराज घिमिरे विदेश गएको र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल चितवन रहेको कारण संवैधानिक परिषद्को बैठक बस्न सकेन । परिषद्को अर्को बैठक यही चैत १८ गते आइतबारका लागि सारिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
महालेखापरीक्षकको पदका बारेमा संवैधानिक परिषद्ले निर्णय गर्नै लाग्दा अहिले कार्यबाहक महालेखापरीक्षकको जिम्मेवारीमा रहेका वामदेव शर्मा अधिकारीको चलखेल भने अस्वाभाविक र भद्दा देखिएको भन्दै महालेखापरीक्षकको कार्यालयकै कर्मचारीहरूले आश्चर्य मानेका छन् ।
कार्यबाहक महालेखापरीक्षक अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रभावित पारेर महालेखापरीक्षक बन्नका लागि अहिले प्रधानमन्त्रीपुत्री समेत रहेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालमार्फत कोसिस गरिरहेको स्रोतको दाबी छ । महालेखापरीक्षकको कार्यालयका एक कर्मचारीका अनुसार त्यसका लागि केही दिनअघि अधिकारी महानगरको बेरुजु मिलाइदिने भन्दै ‘अडिट रिपोर्ट’ नै बोकेर चितवन गएका हुन् । अधिकारीले आफू पनि चितवनकै भएको भन्दै मेयर दाहालसँग नजिक हुने कोसिस गरेका छन् ।
कांग्रेस पृष्ठभूमिका अधिकारीले माओवादी महासचिव देव गुरुङमार्फत पनि प्रधानमन्त्री प्रचण्डसमक्ष आफ्नो नाम महालेखापरीक्षकका लागि पुर्याएका छन् । अधिकारीको जन्म लमजुङ हो । त्यही कारण उनले महासचिव गुरुङलाई प्रभावित पार्ने कोसिस गरेका हुन् । गुरुङले भनेको प्रचण्डले मान्ने अपेक्षा गरिएको छ । अधिकारीको नाममा प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढे पनि उक्त महालेखारीक्षकको पदमा भने सक्षम मान्छे ल्याउने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् ।
गत साउन २० गते महालेखारीक्षकका लागि आवेदन माग भएपछि नेपाल सरकार बहालवाला सचिव र पूर्वसचिव तथा विज्ञका रूपमा चार्टर्ड एकाउन्टेन्टहरूले आवेदन दिएका हुन् । महालेखापरीक्षकका लागि उपमहालेखापरीक्षक बामदेब शर्मा अधिकारीको अतिरिक्त पूर्वमहालेखापरीक्षक महेश्वर काफ्ले, राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राया, पूर्वसचिव शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, महालेखाबाट सचिव पद अर्थात् उपमहालेखापरीक्षकबाट अवकाशप्राप्त राममाया कुँवर र बाबुराम गौतम, महालेखाबाटै अवकाश पाएका अशोक कार्की तथा महालेखामै सहसचिवस्तरमा कार्यरत अर्थात् नायब महालेखापरीक्षक बैंकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी तथा चार्टर्ड एकाउन्टेन्टहरू सुवोधकुमार कर्ण र हरि सिलवालले पनि आवेदन दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया