Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहाडी क्षेत्रको विकास कार्य जनतासँग जोडिनुपर्छ: मुख्यमन्त्री कार्की

पहाडी क्षेत्रको विकास कार्य जनतासँग जोडिनुपर्छ: मुख्यमन्त्री कार्की


धनकुटा । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले धनकुटाका पत्रकारसँगको छलफलमा विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । त्यतिबेला सञ्चालन नभएको सम्पर्क कार्यालय उनले अब नियमित रूपमा सञ्चालन हुने बताए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार लीलाबल्लव घिमिरेले मंगलबार मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्त्िर्क्रया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया