Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो


मकवानपुर । हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।

हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए । सानो दल भएपनि संसदीय मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको भन्दै उनले आगामी दिनमा संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही नागरिकको सेवामा रहने दृढ सङ्कल्प लिएर अघि बढेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया