गोरखामा मजदुर कुटिएको आरोपमा सार्वजनिक यातायात बन्द
गोरखा । ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि फागु फूर्णिमाको दिन गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेपछि यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले बुधबार सार्वजनिक यातायात बन्द गरेका छन् ।
मजदुरहरुले कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् ।
अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहितको टोलीले यातायात मजदुरमाथि कुटपिट गरेको बताए । मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया