Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ किलो चरेस त्रिभुवन विमानस्थलबाट बरामद

१५ किलो चरेस त्रिभुवन विमानस्थलबाट बरामद


काठमाडौँ । प्रहरीले अवैध लागूऔषध १५ किलो ग्राम चरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया