Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति पौडेल चितवनमा

राष्ट्रपति पौडेल चितवनमा


चितवन, राष्ट्रपति रामचन्द्र पौडेल चितवन आएका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन आएका हुन ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलन्यास गर्नुहुने कार्यक्रम छ ।

विसं २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा रु २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया