Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारम्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत

म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत


बेनी (म्याग्दी) । उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष पुनले अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको बताए ।

गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेका थिए ।

उपाध्यक्ष पुनका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट) र व्यक्तिगत खाता नम्बर (प्यान) नलिइकन व्यवसाय सञ्चालन गरेका तथा अनुमतिबिना मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गरेकाहरूलाई सचेत गराइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया