Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्वतको जलजलामा एक दम्पती आफ्नै घरभित्र मृतावस्थामा फेला

पर्वतको जलजलामा एक दम्पती आफ्नै घरभित्र मृतावस्थामा फेला


पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मा स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

“घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ”, उनले भने, “पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउनेछ ।”

घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएकोे जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनले दुवै जना रगताम्य अवस्थामा भेटिएका र घरमा जिसी दम्पती मात्र बस्दै आएका बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया