Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय सहकारी दिवसस् वैतेश्वरमा संयुक्तरूपमा मनाइयो, वैतेश्वरमा ३२ वटा सहकारी निष्क्रिय

राष्ट्रिय सहकारी दिवसस् वैतेश्वरमा संयुक्तरूपमा मनाइयो, वैतेश्वरमा ३२ वटा सहकारी निष्क्रिय


दोलखा,सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराकासाथ ६७ औं राष्ट्रिय सहकारी दिवसलाई वैतेश्वर गाउँपालिका भित्रका सहकारी संस्थाहरुले संयुक्त कार्यक्रमको आयोजना गरेर मनाएका छन्।वैतेश्वर सहकारी सञ्जालले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालिका भित्रका करिब तीन दर्जन बढी सहकारीहरुले मैनापोखरी बजारमा र्याली सहित कोणसभा गरेर मनाएका हुन्।विभिन्न सहकारीका नारा लेखेका पिलेकाड सहित बजारमा उपस्तिथि भएका सहकारीकर्मी अभियन्ता तथा संचालक र कर्मचारीहरुले कर्जा सूचना केन्द्र स्थापना गर,सुरक्षित भविस्यको आधार नियमित बचत,कर्जा लिऔं उधमी बनौं,आर्थिक बिकास गरौं,सहकारीको लगानी उत्पादनमा वृद्धि लगायतका पिलेकाड बोकेर मैनापोखरी बजार परिक्रमा गरेका हुन्।

बजार परिक्रमा पछि बजारमा कोणसभा आयोजना गरिएको थियो।कोणसभा कार्यक्रम वैतेश्वर गाउँपालिका सहकारी सञ्जालका संयोजक माधव दहालको अध्यक्षयता तथा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कोणसभालाई सम्बोधन गर्दै वैतेश्वर गाउँपालिका(५ का वडा अध्यक्ष भुवन घिमिरेले सहकारीहरुले ऋणीलाई मात्रै सुशासनको पाठ सिकाएर नपुग्ने बताए।उनले सुशासन कार्यमै गर्नेहो भने,सहकारीका सञ्चालक र कर्मचारीले पहिले सुशासनको पालना गर्न आवस्यक रहेकोे बताए।कार्यक्रम वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सहकारीहरुका संचालकहरुले सुशासन कायम गर्दै आफू शुद्ध बनेर संस्था चलाउन सके सहकारी क्षेत्रमा देखिएका समस्या आफैं समाधान हुने बताए।अध्यक्ष लामाले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेका नकारात्मक चुनौतीको सामना गर्न सके मात्रै सहकारी क्षेत्रमा नयाँ पन र सुशासन कायम गर्न सकिने बताए ।

कार्यक्रम जिल्ला सहकारी संघका लेखा संयोजक पुष्कर कुमार दाहाल,जिल्ला बचत संघका महासचिव तेन्जिङ शेर्पा लगायतले ६७औ राष्ट्रिय दिवसलाई सम्बोधन गरेका थिए।वैतेश्वर गाउँपालिका जम्मा ७४ वटा सहकारी मध्ये ४२ वटा सहकारी मात्रै गाउँपालिकाको सम्पर्कमा रहेको पाइएको छ्।३२ वटा सहकारी अझै पालिकाको सम्पर्कमा नरहेको पाइएको छ।वैतेश्वर गाउँपालिकामा सहकारी मार्फत ४ अर्व ५३ करोड ९० लाख पुँजी परिचालन रहेको पाइएको छ।करिब २७ हजार जनसंख्या रहेको वैतेश्वरमा सहकारीमा आबद्ध सदस्यको संख्या १ लाख २७ हजार छ सय रहेकोे छ भने,शेयर पुँजी ४६ करोड ७५ लाख र निक्षेप संकलन ३ अर्व २० करोड ६९ लाख रहेको वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दाहालले जानकारी दिए।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया