Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीआईबीमा बयान दिएका चौधरीले पाँच अर्बमा किने किर्गिस्थानमा टेलिकमको सेयर

सीआईबीमा बयान दिएका चौधरीले पाँच अर्बमा किने किर्गिस्थानमा टेलिकमको सेयर


काठमाडौं । नेपालमा मुख्यालय रहेको चौधरी समूहले मध्य एसियाली मुलुक किर्गिस्थानमा समेत दूरसञ्चार कम्पनीमा लगानी विस्तार गरेको छ । सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी सेल टेक्नोलोजीमार्फत चौधरी समूहले बिलाइन किर्गिस्थानको ५० दशमलव एक प्रतिशत सेयर स्वामित्व खरिद गरेको हो ।

सरकारी जग्गा आफ्नो र आफ्नो ग्रुपअन्तर्गतको कम्पनीहरूमा ल्याएर किर्ते गरेको अभियोगमा केही समयअघि मात्रै सीआईबीमा पुगेर बयान दिएका चौधरी त्यसलगत्तै श्रीलंका उडेका थिए ।

स्रोतका अनुसार पछिल्लो समय चौधरी नेपालमा जसरी लगानी सुरुवात गरिएको थियो त्यसरी नै आफ्नो लगानीहरू र स्रोत नखुलेको पैसा विदेश लान विभिन्न उपायहरू खोजिरहेका छन् र त्यसैअनुरूप किर्गिस्थानमा पाँच अर्ब लगानी गरेका हुन् । चौधरीले विदेशमा गरिएको लगानी कालो धनलाई सेतो बनाउने प्रपञ्च हुनसक्ने अनुमान समेत स्रोतले गरेको छ ।

इन्भेस्टिङ डटकमका अनुसार बिलाइनको मुख्य लगानीकर्ता भियोनले किर्गिस्थानबाट बाहिरिने घोषणा गर्दै आफ्नो बहुसंख्यक सेयर चौधरी समूहको सहायक कम्पनी सीजी सेल टेक्नोलोजिजलाई बिक्री गरेको हो । भियोन नेदरल्याण्डमा आधारित दूरसञ्चार सेवा प्रदायक कम्पनी हो ।

सीजीले बिलाइनले सन् २०२३ गरेको आयकर र ह्रासकट्टीभन्दा पहिलेको आयभन्दा ३ दशमलव ४ गुणा बढी मूल्यमा खरिद गरेको दूरसञ्चार सम्बद्ध अनलाइन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भियोनको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार बिलाइन किर्गिस्थानको आयकर र ह्रास कट्टीपूर्वको आय दुई करोड २० लाख अमेरिकी डलर थियो । यसको ५० दशमलव १ प्रतिशत हिस्साको आधारमा सौदाको अनुमानित मूल्य तीन करोड ७५ लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार पाँच अर्ब नेपाली रुपैयाँ) छ । यो कम्पनीमा बाँकी ४९ दशमलव ९ प्रतिशत सेयर स्वामित्व भेर्नी क्यापिटलको छ । यद्यपि यो खरिद सम्झौता नियामक निकायबाट अनुमोदन हुन बाँकी छ ।

चौधरी समूहअन्तर्गत यसअघि नै माल्डोभामा समेत मोबाइल सेवा प्रदायक कम्पनी रहेको छ । सीजीले दुई वर्षअघि मात्र माल्डोभामा मोल्डसेल टेलिकम कम्पनीको सबै सेयर खरिद गरेर युरोपेली मुलुकको दूरसञ्चार सेवामा आफ्नो उपस्थिति दर्ता गरेको हो ।

नेपालमा एकीकृत मोबाइल लाइसेन्सका लागि लामो समयदेखि दौडधुप गरेको चौधरी समूहले एसटीएम टेलिकम सञ्चार प्रालि नामक दूरसञ्चार कम्पनीको लाइसेन्स गतवर्ष गुमाएको थियो । स्रोतका अनुसार चौधरीको सरकारले मलाई मेरो कार्यालयमा नै आएर लाइसेन्स दिनुपर्छ भन्ने घमण्डकै कारण नवीकरणका लागि निवेदन नदिँदा दूरसञ्चारको लाइसेन्स गुमाउनुपरेको थियो ।

वीओएनका सीईओ कान तेर्जियोग्लुले विगत दुई वर्षमा बेलाइन किर्गिस्थानले एकाइको ‘लगातार सात त्रैमासिक दोहोरो अंकको राजस्व वृद्धि, उच्च पहुँच र फोरजी सेवाहरूको गुणस्तर र डिजिटल प्रस्तावहरूमा ठोस आधारहरू’ उल्लेख गरे ।

यसका बाबजुद, भियोनको किर्गिस्थान व्यवसायले सन् २०२३ मा पाँच करोड ६० लाख अमेरिकी डलरबराबरको मात्र कारोबार ग¥यो, जुन भियोनको अन्तर्राष्ट्रिय उद्यममध्ये सबैभन्दा न्यून रहेको थियो । यसको विपरीत, कम्पनीको अर्को सबैभन्दा सानो बजार, उजबेकिस्तानले सोही अवधिमा २६ करोड ८० लाख अमेरिकी डलरबराबरको कारोबार गरेको थियो ।

यो पनि पढ्नुहोस्

सरकारी जग्गा मिलेमतोमा व्यक्तिको बनाएको अभियोगमा चौधरी पक्राउ योजनाकार विनोद, पक्राउ परे अरुण

बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले २९ करोड ऋण लिएको खुलासा

चौधरी ग्रुपले जालसाजी गरेर कब्जा गरेको १० रोपनी सरकारी जग्गा धितो राखेर नेपाल बैंकबाट झण्डै २९ करोड रुपैयाँ कर्जा लिएको खुलासा

बाँसबारीको जग्गा प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान

बयान दिएलगत्तै चौधरी उडे श्रीलंकातिर

चौधरीले कब्जा गरेको जग्गाको विवाद अझै अदालतमा

मत्स्येन्द्रनाथको पूजा हुने पर्ती जग्गा चौधरी ग्रुपको कब्जामा

सुनसरीको दुहबीमा पनि चौधरी ग्रुपद्वारा सार्वजनिक जग्गा कब्जा !

चौधरी ग्रुपले कब्जा गरेको ञवा गुठीको जग्गा फिर्ता नदिने भन्दै धम्की


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया