Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढ्यो


काठमाडौँ । लगातार उकालो लाग्दै आएको नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा बुधबारको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजावी सुन बुधबारका लागि तोलमा एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ । मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सयमा कारोबार भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया