सुन तस्करको आरोप लागेका व्यवसायीद्वारा तस्करीविरुद्ध आवाज उठाउने सुन व्यवसायीमाथि नै कारबाही
काठमाडौँ : सुन तस्करविरुद्ध आवाज उठाउँदै आएका नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई सुन तस्करीविरुद्ध आवाज उठाएको भन्दै संघले नै कारबाही गरेको छ । नेपालबाट भारतमा विगत १५ वर्षदेखि सुन तस्करी भइरहेको र पछिल्लो समय सीमित सुन व्यवसायीले सुनमा लागू हुँदै आएको कोटाको दुरूपयोग गर्दै नेपालका सुन व्यवसायीलाई सुन किनेर बेच्न पाउने सामान्य अधिकार समेत कटौती गरी आफैँले फर्जी कम्पनी खडा गरेर आफैँ सुन किनेर भारत तस्कर गरिरहेको भन्दै व्यापक विरोध गर्दै आएका काठमाडौं न्युरोड विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक तथा नेपाल रत्न तथा आभूषण संघ काठमाडौंमा वरिष्ठ उपाध्यक्ष गुप्तालाई संघको बिहीबार बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्रोतले बतायो ।
‘सुन तस्करविरुद्ध आवाज उठाउँदै आएँ, तस्करहरूले तस्करी गर्न नपाउने भएपछि मलाई कारबाही गरेर सुन बेच्नबाट रोक लगाउन खोज्दै छन्’, गुप्ताले आर्थिक दैनिकसँग भने, ‘यो देश तस्करहरूकै लागि रहेछ, आफूले वर्षौँदेखि गर्दै आएको पेसामा पछि आएका साना व्यापारीहरूले समेत व्यापार गरेर खान पाउनुपर्छ, सुनचाँदी व्यवसायी संघसंस्थाहरूका केही व्यवसायीले सुन तस्कर गरिरहेका छन्, रोक्नुपर्छ भनेर आवाज उठाउँदा उल्टै कारबाही गरेछन् ।’ यद्यपि कारबाही गरेको औपचारिक जानकारी आफूलाई नआएको गुप्ताले बताए ।
गुप्ताले कोटाको आडमा भारतमा सुन तस्कर भइरहेको विषयमा नेपाल रत्न तथा आभूषण महासंघका निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा नेपाल रत्न तथा आभूषण संघ काठमाडौंको निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका अध्यक्ष सुमनमान ताम्राकार, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका द्वितीय उपाध्यक्ष निर्मल ज्योति तुलाधर र यिनका सहयोगीहरूलाई सुन तस्करको विषयमा छानबिन गर्न भन्दै प्रहरीमा ठाडो किटानी जाहेरी दिएको लामो समय भइसक्दा समेत छानबिन हुन सकेको छैन भने तस्करीविरुद्ध आवाज उठाउने गुप्तालाई नै ज्यान मार्ने धम्की आएकोले जिल्ला प्रशासन कार्यालयमा शान्तिसुरक्षाको माग गर्दै दिएको निवेदन समेत सरकारी पक्षले गम्भीररूपमा नलिई थन्काएर राखेको पाइएको छ ।
नेपालमा सुनको व्यापक तस्करी बढेपछि संसद्मा नेकपा एमालेले तस्करविरुद्ध छानबिन आयोग माग गरेपछि बनेको सुन तस्करी जाँचबुझ आयोग २०८० ले समेत परामर्शको लागि गुप्तालाई बोलाएर सोधपुछ गरेको थियो र आफूले किटानीसहित अनुसन्धानको लागि आग्रह गरेको सो प्रतिवेदन अझै सार्वजनिक नभएको गुप्ताले बताए । काठमाडौंबाहिरका व्यवसायीको सुन कब्जा गरी कोटा दुरूपयोग गर्दै आएका संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरको योजनामा आफूलाई संघबाट निकालिएको र राज्यले अनुसन्धान गरी कारबाही गर्नुपर्ने व्यक्तिले सिंगो संघलाई प्रयोग गरेर आफूलाई कारबाही गरेको भन्दै गुप्ताले उनीहरूको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने बताए । उनले संसद्मा लगातारको बहसपछि सुन तस्कर र माफियाका विरुद्ध गृह मन्त्रालयले छानबिन गरी अपराधीहरूलाई कारबाही गरिरहेकोले अब तस्कर गर्ने तस्करीहरूको किटानी निवेदन लिएर गृह मन्त्रालय जाने समेत बताए ।
यस विषयमा प्रतिक्रिया लिन सुमनमान ताम्राकार, निर्मल ज्योति तुलाधरलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनीहरू फोन सम्पर्कमा आएनन् ।
यो पनि पढ्नुहोस
भारत सुन तस्कर गरेको आरोपमा प्रहरीमा पर्यो किटानी जाहेरी
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया