वाइडबडी खरिदमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बढी भुक्तानी दिई करिब डेढ अर्ब सरकारी सम्पत्तिको हानीनोक्सानी गरेको आरोप
काठमाडौं । वाइडबडी विमान खरिद (ए३३०–२००)मा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरन्त कंसाकार र मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले वाइडबडी विमान खरिदमा बढी भुक्तानी दिएको आरोपमा मन्त्री शाही, महाप्रबन्धक कंसाकार र सचिव अधिकारीसहित ३२ जनाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मन्त्री शाही, महाप्रबन्धक कंसाकार र सचिव अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव वृद्धिसागर लामिछाने, निगमका कायममुकायम निर्देशक रामहरि शर्मा सेढाईं, कायममुकायम निर्देशक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचार्य, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कायममुकायम निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेललाई प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले बढी भुक्तानी दिन सहयोगको गरेको आरोपमा निगमका तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक बृहतमान तुलाधर, निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, कायममुकायम निर्देशक कर्णबहादुर थापा, तत्कालीन निर्देशक क्याप्टेन सुवास रिजाल, तत्कालीन सञ्चालन समिति सदस्यहरू टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडीलाई प्रतिवादी बनाई भ्रष्टचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बढी भुक्तानी दिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक जीवन प्रकाश सिटौला र भन्सार विभागका तत्कालीन महानिर्देशक शिशिर कुमार ढुङ्गानालाई समेत प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै विमान विक्रेता/आपूर्तिकर्ताको तर्फबाट अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल जीएमबीएम, पोर्चुगिज कम्पनी हाई फ्लाई ट्रान्सपोर्ट एरिओस कन्सोटुयम, आइरल्याण्डको कम्पनी हाईफ्लाई एकस आइरल्याण्ड लिमिटेड, नोरटन रोज फलब्राइट जर्मनी कम्पनी तथा ती कम्पनीका सञ्चालक तथा सदस्यविरुद्ध समेत अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियायले वाइडबडी विमान खरिदमा भ्रष्टाचार आरोप लागेका ३२ जनामध्ये २४ जना नेपाली र आठ जना विदेशी रहेको बताए ।
अख्तियारले एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा हानी नोक्सानी गरेको भन्दै मन्त्री शाही, महाप्रबन्धक कंसाकार र सचिव अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको सूचना अधिकारी थपलियाले बताए । सूचना अधिकारी थपलियाका अनुसार मन्त्री शाही, महाप्रबन्धक कंसाकार र सचिव अधिकारीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुरूप जनही एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा बिगो र दुई वर्षसम्म कैद जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो । अख्तियारले विमानको भारवहन क्षमता दुई सय ४२ टनबाट दुई सय ३० टन कायम गरे पनि खरिद गर्दा भने दुई सय ४२ टन कायम गरी बढी भुक्तानी दिएको बताएको छ ।
विमान खरिदको सयममा सचिव अधिकारी सञ्चालक समितिका अध्यक्ष थिए । मन्त्री शाही हाल कार्णाली प्रदेशसभा सदस्य छन् भने वृद्धिसागर लामिछाने हाल पनि सहसचिव रहेका छन् । उनी हाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य छन् । मन्त्री जीवनबहादुर शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् ।
वाइडबडी खरिद प्रकरणमा भने अख्तियार प्रमुख प्रेमकुमार राईलाई पनि लेखा समितिको उपसमितिले दोषी ठहर गरेको थियो । यसअघि संसदीय छानबिन समितिले वाइडबडी विमान खरिदमा चार अर्ब रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । समितिले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग र आर्थिक अनियमितता भएको निष्कर्ष २०७५ पुसमा सार्वजनिक गरेको थियो । कांग्रेस नेता तथा सांसद राजन केसीको नेतृत्वमा बनेको छानबिन समितिले जहाज खरिदपक्रियामा तत्कालीन मन्त्री र सचिवको संलग्नता रहेको भन्दै कारबाहीको लागि सिफिरिस गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया