ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो सुरु
काठमाडौं । मेड इन नेपाल नारासहित बिहीबारदेखि ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउन्डमा सुरु भएको एक्स्पोको उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले हस्तकलाको केन्द्र र कला नगरीका रूपमा ललितपुरले कायम राख्दै आएको पहिचानलाई एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल सांस्कृतिक तथा प्राकृतिकरूपमा समृद्ध देश भएको बताउँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा तीव्रता दिँदै छलाङ मार्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको समेत बताए । आगामी सोमबारसम्म चल्ने इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामानहरू इन्टरनेसनल ट्रेड एक्स्पोमा राखिएको छ ।
ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए । मेलामा एक सयभन्दा बढी स्टलहरू रहेका छन् । मेलाको आकर्षणको रूपमा ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृतिहरू, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रदर्शन गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया