तेमालको पोखरी नारायणस्थानमा सार्वजनिक जमिन मिचेर बनाइएका ५९ घर भत्काइने
काठमाडौं : जनप्रतिनिधिविहीन अवस्थामा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचना समेत निर्माण गरिएको साबिक पोखरी नारायणस्थान (हालको तेमाल गाउँपालिकाको केन्द्र समेत रहेको) वडा नम्बर ५ का ५९ घर घत्किने भएका छन् । ‘भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर– टहरासहितका संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ’–गाउँपालिका उपाध्यक्ष डिएम लामाले भने, ‘सडक विस्तारका क्रममा सबै संरचना भत्कनेछन् ।
त्यसका लागि स्थानीयहरूलाई समयावधिभित्रै घर–टहरा हटाउन अनुरोध गरिएको छ ।’ उक्त स्थानमा रहेको सार्वजनिक पोखरीलाई पहिलाकै अवस्थामा रहन दिन स्थानीयले अनुरोध गरेका छन् । पोखरीभित्र निर्माण गरिएका पक्की कंक्रिटसहितका संरचनाले पुराना संरचनाहरू नष्ट हुने क्रम बढेको स्थानीयले बताए ।
स्थानीय तेमाल सिं तामाङले २०५९ सालपछि जनप्रतिनिधि नभएको अवस्थामा आफूहरूले घर निर्माण गरेको बताए । सार्वजनिक जग्गामा निर्माण गरिएको भए पनि गाउँपालिकाले उक्त घरहरू भत्काउन नहुने उनले बताए । ‘पोखरी नारायणस्थानमा पहिलो पटक पक्की घर निर्माण गरेर बजार सुरु गर्ने म नै हुँ’, उनले भने, ‘अहिले बाटो विस्तारका क्रममा यी पक्की घरहरू भत्काउन सूचना जारी भए पनि हाम्रोतर्फबाट घर छाडेर बाटो बनाउन अनुरोध गरेका छौँ ।’ गाउँपालिकाले जारी गरेको सूचनाभित्र घरहरू भत्किन कठिन हुने उनले बताए ।
भकुण्डेबाट १३ किलोमिटर सडक कालोपत्रे गर्नेगरी २० महिनाअघि आह्वान गरिएको बोलपत्रअनुसार निर्माण व्यवसायीले काम नगरेका कारण २२ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । सडक निर्माणकार्य अलपत्र हुँदा दैनिक दुर्घटना हुनेगरेको छ । तेमालका ऐतिहासिक पोखरीहरू पुरिने तथा पोखरीभित्रै पक्की संरचना निर्माणको क्रम भने रोकिएको छैन । चापाँखोरी कुरुवास वडा कार्यालयअगाडिको पोखरीभित्र अर्काे संरचना निर्माण गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया