Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार भोलि इस्लाम धर्मावलम्वीहरुले ‘इदउलफित्र’ मनाउने

 भोलि इस्लाम धर्मावलम्वीहरुले ‘इदउलफित्र’ मनाउने


विराटनगर । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत इस्लाम धर्मावलम्वीहरुले बुधबार पूरा गर्दै भोलि बिहीबार ‘इदउत्रफित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज सामूहिक भेला भइ मस्जिदमा त केहीले ‘इदगाह’मा दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गरी घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जाने गर्दछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया