Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको छ : मन्त्री भण्डारी

देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको छ : मन्त्री भण्डारी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभामा शुभकामना दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।

उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताउदै सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने पनि विश्वास दिलाए ।

मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई निजी क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको उल्लेख गरे ।

उद्योग मन्त्रालयले लगानी सम्मेलनलाई सफल बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाउदै मन्त्री भण्डारीले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई सफल पारी स्वदेशी तथा विदेशी लगानीलाई प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई मजबूत बनाउन अहोरात्र खटिनुपर्ने बेला आएको बताए । उनले मन्त्रालयले लगानी सहजीकरण तथा प्रवर्द्धनमा बल पुग्ने गरी कानुनहरुको संशोधनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।

अर्थतन्त्रमा उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन एकीकृत भई लाग्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । उनले सरकारले औद्योगिक नीति, वाणिज्य नीति, घरेलु, साना तथा मझौला उद्योग प्रवर्द्धन नीति, आपूर्ति नीति, बौद्धिक सम्पत्तिसँग सम्बन्धित नीतिलगायतको समयानुकूल निर्माण तथा पुनरावलोकनमार्फत गतिशील अर्थतन्त्रको निर्माण गर्न चाहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया