Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनाको गोरखा–जितगढी पदयात्रा सुरु

सेनाको गोरखा–जितगढी पदयात्रा सुरु


काठमाडौं । नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सेनाले मंगलबारदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सुरु गरेको हो ।

सो पदयात्राको पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज)हरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका छन् ।

करिब दुई सय सात किमि दूरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर सकिनेछ । आगामी वैशाख ७ गते विजय उत्सव समारोहका साथ यात्राको समापन गरिने सेनाले जनाएको छ ।

सेनाले २०८० पुष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया